काठमाण्डौ १० चैत, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि निवेदन दिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आज मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए । सो अवसरमा अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।
नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।