राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना एकको मृत्यु, २९घाइते ।।

तुलसीपुर १० चैत ।
दाङमा ज्ञानज्योति कलेजको बस आज बिहान दुर्घटना हुँदा तुलसीपुर १८ गणेशपुर निवासी १९ वर्षिया सम्झना केसीको मृत्यु भएको छ । आज विहान करिव ५ बजेर ४५ मिनेटमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ सरैया चोकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २९ जना विद्यार्थी घाइते भएको कलेजले जानकारी दिएको छ।

घाइते मध्ये ६ जनाको बाँकेको कोहलपुर मेडिकल कलेज र अन्यको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा भनिएको छ । विद्यार्थाकाअनुसार तिब्र गतिका कारण बस दुर्घटनामा परेको घाईते विद्यार्थाीले जानकरी दिएका छन् । ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटनामा परहेको थियो ।