तुलसीपुर ९ चैत ।
तुलसीपुर बजार क्षेत्रका पसल अनुगमनका क्रममा म्याद नाघेका समान फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शााखाको
आयोजना तथा स्थानिय प्रशासनको संयुक्त सहकार्यमा म्याद नाघेका समान फेला परका हुन् । बजार क्षेत्र भित्रका खाद्य तथा किराना,होटेल,कस्मेटिक र डेरी तथा किराना पसलहरु अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा विनिता कस्मेटिक पसल,केसी डेरी एण्ड किराना पसल र अनु किराना पसलमा म्याद नाघेका कस्मेटिक समान तथा जंगफुडहरु फेला परेको शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभएको छ ।
त्यसैगरी सल्यानी दाजुभाइ होटेलमा सरसफाईको अभाव देखिएको पनि शाखा प्रमुख शर्माले बताउनुभएको छ । पहिलो पटक भएकाले सम्झाई बुझाई गरि म्याद नाघेका समान बरामद गरेको बताउनुभएको छ । अर्को पटक अनुगमनमा पनि यि यस्ता म्याद नाघेका समान भेटिएको खण्डमा नियम अनुसार कारवाही गरिने बताउनुभएको छ ।
