काठमाडौँ ९ चैत,।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताउनुभएको छ । त्यसैगरी खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको पनि जानकारी दिनुभएको छ । चीनले नेपाललाई पटक पटक गरी ८ लाख डोज खोप दिने प्रतिवद्धता जनाएको छ । तर कुटनीतिक पहल नहुँदा समयमा खोप आउन नसकेको बताइएको छ ।