राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

दुई दिने भ्रमणमा राष्ट्रपति भोलि बंगलादेश जाँदै

काठमाडौं ८ चैत ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि भोलि बंगलादेश जाने कार्यक्रम तय भएको छ । भण्डारी संगै भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी पनि रहनु भएको छ । राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण कार्यतालिक रहेको छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुन लाग्नु भएको हो ।

बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । कार्यक्रममा भण्डारीले नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिनुहुने भएको छ ।

त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ । त्यसैगरी भण्डारी समकक्षीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने जानकारी दिइएको छ ।