तुलसीपुर ८ चैत ।
तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्षमा टोप बहादुर घर्तीलाई चयन गरिएको छ । चेम्बरको शनिवार राति सम्पन्न प्रथम साधारणसभाको बन्दसत्रले घर्तीको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम बाँठा, उपाध्यक्ष वेणु अधिकारीलाई चयन गरिएको छ ।
त्यस्तै सचिवमा प्रेमप्रकाश गिरी, कोषाध्यक्षमा सन्तोष खड्का, सहकोषाध्यक्षमा युवराज नेपाली,सदस्यहरुमा योगेश लामीछाने,निर्मलकुर पौडेल,विनोद पन्त,भागवत कमलापुरी,सनोद थापा,सुमन गिरी,कर्ण बहादुर डाँगी,दुर्गाप्रसाद शर्मा,महिला सदस्यमा भुमा हमाल चन्द,मन्जित पुन,नन्द रोका,तस्वर अली,देवबहादुर पाण्डे,चक्र नेपाली,रमेश बुढाथोकी चयन गरिएको छ ।