काठमाण्डौं ८ चैत ।
आज मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ ।वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ स् २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि होलीको विधिवत सुरुवात भएको हो । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस बर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।
प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ।