राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मोटरसाईकल र स्कुटी ठोक्किदा एक गम्भीर घाइते

तुलसीपुर ६ चैत ।
तुलसीपुरमा स्कुटर र मोटरसाइकल ठोक्किदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ राजापुर निवासी १६ वर्षिय पवन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको बताइएको छ । तुलसीपुरदेखि घोराहीतर्फ जादै गरेको रा ५ प ७२१६ नं।को स्कुटरलाई सोही दिशातर्फबाट जादै गरेको रा २ प ६०२१ नं।को मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । दुर्घटना करिब दिउँसो १२ भएको थियो ।