राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

केपी ओली र माधव नेपाल पक्षबीच छलफल हुँदै

२ चैत, काठमाडौं । नेकपाको पार्टीभित्र विवाद भएपछि पहिलो पटक दुई पक्षको धुम्बाराहीमा छलफल सुरु भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल हुनलागेको हो ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् । चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो ।