राताे पर्दा डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एमाले दाङले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रमहरु

नेकपा एमाले दाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला सचिवालय तथा उपलब्ध कमरेडहरुको बैठकले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीको गिरफ्तारीप्रति घोर विरोध जनाउँदै सडक संघर्षमा उत्रने निर्णय गरेको छ। जिल्ला पार्टी कार्यालय घोराहीमा आज जिल्ला कमिटी उपाध्यक्ष मनोहर बुढाथोकिको अध्यक्षता तथा केन्द्रीय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो।


बैठकले वर्तमान सरकारले अध्यक्ष ओलीलाई अवैधानिक तथा अमर्यादित ढंगले पक्राउ गरेको ठहर गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त कदम लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियाविपरीत रहेको उल्लेख गर्दै बैठकले त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको हो। ओली पक्राउको विरोधमा यतिबेला देशैभर एमाले आन्दोलनमा उत्रिएको छ ।