सुमधुर स्वरकी धनि गायिका तथा समाजसेवी शान्ति शाही चन्दको मौलिक डोटेली कुमाउनी गीत ‘पहाडकी महिना चडी’ रिलिज भएको छ । शाही विशेषः सुदूरपश्चिममा चल्ने भाकामा पछिल्लो समय धेरै गीत गाउने गायिका भित्र पर्दछिन।
लामो समय सामाजिक काम गरिरहेकी शान्ति आफैमा सफल ब्यबसायी पनि हुन्।उनको काम प्रति आम दर्शक अत्यन्तै उत्साहित छन।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकि मानार्थ सदस्य तथा इसा फाउन्डेसन नेपालकी सदस्य समेत रहेकी साहीको यो आशालाग्दो सृजना बजारमा आएको हो।केहि हप्ता अगाडी साहीले आवाज दिएको तीज गीत पनि निकै चर्चित भएको थियो।
चर्चित गायक चक्र बमको सुमधुर आवाज शब्द तथा संगीत रहेको गीतमा शान्ति साहीले महिला आवाजमा साथ् दिएकी छिन भने गीतमा अभिनय चक्र बम र गीता ढुंगानाले गरेका छन।चक्र बम युटुब च्यानल मार्फतनै बजारमा आएको गीतको निर्देशन भने गम्बिर बिष्टले गरेका हुन् ।